सुचना, समाचार र मनोरन्जन

दक्षिण भारतीय अभिनेता विजयले खोले पार्टी

काठमाडौं :

दक्षिण भारतीय अभिनेता थलापति विजयले शुक्रबार राजनीतिक दलको घोषणा गरेका छन् । उनले एक कार्यक्रमको आयोजना गर्दै ‘तमिझागा वेत्री कझगम’ (विजयी तमिल संघ) नामक दल घोषणा गरेका हुन्।

Chaka Panja

उनले यस वर्षको लोकसभा चुनाव लड्ने योजना बनाएका छैनन्।उनी पार्टी बिस्तारमा लाग्ने र अर्को पटकको चुनावमा भने राम्रै जनमत बटुल्ने योजनामा रहेका छन्। उनले जारी गरेकोे विज्ञप्ति सन् २०२४ को चुनावमा पार्टीले भाग नलिने उल्लेख गरेका छन्।

उनले आफ्नो पार्टीको योजना भ्रष्टचार मुक्त,सबै धर्मलाई सम्मान गर्दै धर्मनिरपेक्ष सरकारको लक्ष्य राखेको समेत बताएका छन्। उनले भनेका छन्,‘धर्म, जात र जताततै भ्रष्टाचार मात्रै देखिने वर्तमान राजनीतिक वातावरणलाई मध्यनजर गर्दै भ्रष्टाचारमुक्त, प्रगतिशील र धर्मनिरपेक्ष सरकारको लक्ष्य राखेको छु।’

Leave A Reply

Your email address will not be published.