काठमाडौँ /
नेकपा एमालेको संसदीय दलको बैठक आइतबार सुरु भएको छ । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार हिजोबाट सुरु भएको बैठक आज समापन हुनेछ ।
यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा नेताहरुले ब्रिफिङ गर्नेछन् ।
संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।