सुचना, समाचार र मनोरन्जन

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी खत्रीको मृत्यु

काठमाडौं /

काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ ।

उनको माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

फागुन २० मा जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनी घाइते भएका थिए। ठक्कर दिने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.