सुचना, समाचार र मनोरन्जन

विमान उड्ने बित्तिकै पाङ्ग्रा खुस्किएर भुइँमा खस्यो

काठमाडौं /

अमेरिकाबाट जापान जाँदै गरेको यात्रुवाहक विमानमा अनौठो दुर्घटना भएको छ । सान फ्रान्सिस्को विमानस्थलबाट उड्नेबित्तिकै युनाइटेड एयरलाइन्सको विमानको पाङ्ग्रा खसेको थियो । उक्त विमानमा २३५ यात्रु र १४ चालक दलका सदस्य थिए ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा विमानको छवटा टायरमध्ये एउटा उड्नेबित्तिकै खसेको देख्न सकिन्छ। यस घटनामा कोही पनि घाइते भएका छैनन् ।

यो टायर विमानबाट छुट्टिएर सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ स्थलमा रहेको कारमा खसेको थियो । जसका कारण कारको पछाडिको भागमा क्षति पुगेको छ । यो घटनालगत्तै विमान अवतरण गरिएको थियो । यात्रुहरूलाई अर्को विमानमा चढ्न लगाइयो।

यस घटनाका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा एयरलाइन्स कम्पनीले यो विमान सन् २००२ मा निर्माण भएको र टायर बिग्रिएर पनि सुरक्षित अवतरण गर्ने गरी डिजाइन गरिएको जनाएको छ । संघीय उड्डयन प्रशासनले यस घटनाको छानबिन गर्न आदेश दिएको छ।

Leave A Reply

Your email address will not be published.