सुचना, समाचार र मनोरन्जन

आइसीसी बरियतामा रोहित पौडेलले रोहित शर्मालाई उछिने, विराट कोहलीसँग बराबरी

काठमाडौं /

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसीसी०को पछिल्लो बरियतामा नेपाली कप्तान रोहित पौडेलले भारतीय कप्तान रोहित शर्मालाई उछिनेका छन् ।

पौडेलले आइसीसीको टि–२० ब्याटिङतर्फको बरियतामा शर्मालाई पछि पारेका हुन् । पौडेल भारतका पूर्वकप्तान विराट कोहलीभन्दा एक स्थान पछि छन् तर उनीहरुको अंक बराबरी छ ।

आइसीसीको पछिल्लो बरियताअनुसार टि–२० ब्याटिङतर्फ रोहितकुमार पौडेल ४९ औं स्थानमा छन् । रोहितको कूल ५११ अंक छ । उनीभन्दा एक स्थान अगाडि रहेका भारतका कोहलीको पनि ५११ अंक छ ।

भारतीय कप्तान रोहित शर्मा ५१ औं स्थानमा छन् । शर्माको कूल ४९२ अंक छ । टि–२० ब्याटिङतर्फ रोहित पौडेल पछिल्लो बरियताभन्दा ६ स्थान माथि उक्लिएका हुन् । यस्तै ब्याटिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरी ७६ औं स्थानमा छन् ।

टि–२० अलराउण्डरतर्फ दिपेन्द्रसिंह ऐरीले ५ स्थान सुधार गर्दै २२ औं स्थानमा आएका छन् । कुशल मल्ल ३ स्थान सुधार गर्दै ३२ औं स्थानमा छन् ।

गुलशन झा ६ स्थान सुधार गर्दै ६६ औं स्थानमा रोहित पौडेल १८ स्थान सुधार गर्दै ७५ औं स्थानमा, करण केसी २ स्थान सुधार गर्दै ८० औं स्थानमा छन् ।

Leave A Reply

Your email address will not be published.