काठमाडौँ /
आज कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस रहेको छ। कोइरालाको १४ औँ स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गरि मनाइदै छ ।
स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो ।
उनले २०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलनका साथै दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूर्ण कालखण्डमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।