सुचना, समाचार र मनोरन्जन

आयरल्याण्ड ए ले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौं /

पहिलो टि-२० अभ्यास खेलमा आयरल्याण्ड ए ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

किर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्याण्ड ए ले निर्धारित २० ओभरमा अलआउट हुँदै १२१ रन बनाएको हो ।

आयरल्याण्ड ए का लागि कप्तान स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाए । थोमस मेसले १६, लियाम म्याकार्थीले १६, फियोन ह्याण्डले ११ रन बनाए । अन्य ब्याटरहरुले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

नेपालको लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान २–२ विकेट लिए । कुशल मल्ल र करण केसीले १–१ विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

Leave A Reply

Your email address will not be published.