सुचना, समाचार र मनोरन्जन

पोखरा-१२ मा शहरी स्वास्थ्य केन्द्रको भवन शिलान्यास

पहिलो किस्ता ३० लाखको लागतमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु गरिएता पनि यसको पुरा भने अर्को आर्थिक वर्षमा हुने वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

पोखरा /

पोखरा महानगरपालिका-१२ मा शहरी स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ । सोमबार वडाध्यक्ष सन्तोष बास्तोलाले केन्द्रको शिलान्यास गरेका हुन ।

पहिलो किस्ता ३० लाखको लागतमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु गरिएता पनि यसको पुरा भने अर्को आर्थिक वर्षमा हुने वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

निकै नै जिर्ण अवस्थामा रहेको भवनबाट हुँदै आएको सेवा प्रवाहलाई अझै व्यवस्थित गराउनको लागि नयाँ स्वास्थ्य केन्द्रको भवन पोखरा १२ परीसरमा शिलान्यास गरिएको हो । वडाध्यक्ष निर्वाचित भएको २०/२२ महिना पूरा भएको छ । यो अवधिलाई आफैंले पनि गम्भीर समीक्षा गरेको छु र विश्वास गरेको छु कि निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्न हरसम्भव प्रयास गरेका छौँ, उनले भने ।

पछिल्लो समय वडा कार्यालयले स्थानीयलाई प्रत्येक्ष रुपमा जोड्नको लागि विभिन्न कामहरु पनि गर्दै आइरहेको छ । कार्यालयले जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन पनि स्वास्थ्य सेवाको पहुँच बिस्तारको लागि पहल गरिरहेको छ ।

स्वास्थ्य केन्द्रको भवन बनेपछि भने स्थानीयलाई सहज हुने वडाध्यक्ष बास्तोलाको भनाइ छ । सामान्य विरामी पर्दा पनि शहरका ठुला अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य गर्न वडामै स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन लागिएको हो, उनले भने । शिलान्यास कार्यक्रममा कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी एवम स्थानीयवासीको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.