काठमाडौं /
१५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्।
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका उनी मंगलबार पक्राउ परेका हुन्।
उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा रहेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख समेत रहेका खाम रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार हुन्।
उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार रहँदै आएका थिए । सो प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटाला पछि रिहा भएका थिए ।