सुचना, समाचार र मनोरन्जन
jaar

सरकारले गरेको कामले जनतामा आशा सञ्चार भएको छ: प्रचण्ड

काठमाडौँ/

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारकाले गरेको काम कारबाहीका कारण जनतामा आशाको सञ्चार भएको बताएका छन् ।

बुधबार राजधानीको कमलादीमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा पार्टी नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताएका हुन् ।

उनले पार्टीलाई स्थापित गराउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने उल्लेख गर्दै यो केन्द्रीय समिति बैठक समग्र योजना बनाउने सन्दर्भमा ऐतिहासिक बन्ने विश्वास लिए ।

Leave A Reply

Your email address will not be published.