सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

सार्वजनिक जग्गामा नरिवल खेती शुरु

काठमाडौँ/

मकवानपुरको मनहरि गाउँपालिकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती शुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरि–४ वनकरिया खेलमैदान नजिकै एक हजार तीन सय ६० वटा नरिवलको बिरुवा रोपिको हो ।

नदीउकास क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्न, वातावरण हरियाली बनाउन तथा स्थानीयलाई आयआर्जनसँग जोड्न नरिवल खेती शुरु गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए । ‘नरिवल खेतीलाई निरन्तरता दिने गरी गाउँपालिकाको नीति तथा कार्यक्रममै समेटेर अगाडि बढेका छौँ’, उनले भने । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा वन, वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा सामुदायिक वन तथा डिभिजन वनको सहयोगमा नदी उकासपर्ती जमिनमा आर्यआर्जन गर्ने गरी नरिवलको बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

IVF Big

गाउँपालिका अध्यक्ष कालाखेतीले नरिवल रोपेर नदीउकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र आयआर्जनमा जोड्न सहयोग पुग्ने विश्वास लिएको बताए। मनहरि–४ को तीन लाख रुपैयाँ बजेटमा झन्डै दुई बिघा १० कट्ठा सार्वजनिक जग्गामा नरिवल खेती गरिएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको छ लाख ५० हजार रुपैयाँमा तारजाली, घेराबार र खेतीको संरक्षण गर्न दुई जना कर्मचारी नियुक्त गरेर संरक्षणको जिम्मा दिइएको छ । मनहरि–७ मा लिची र अम्बा तथा वडा नम्बर ८ मा एभोकाडोको बिरुवा रोप्ने तयारी रहेको उहाँले जानकारी दिए ।

नदीउकास जग्गा अतिक्रमणमा पर्ने सम्भावना बढ्दै गएपछि संरक्षणसँगै वडा र गाउँपालिकाको आयआर्जनका लागि स्रोत बढाउने लक्ष्यसहित नरिवल खेती शुरु गरिएको वडा नम्बर ४ का अध्यक्ष प्रकाश थापाले बताए । ‘अहिले परीक्षणका लागि लगाएका छौँ, नरिवल खेतीको गोडमेल, संरक्षणलगायत काम वडा कार्यालयबाटै हुन्छ ।’

Leave A Reply

Your email address will not be published.