सुचना, समाचार र मनोरन्जन

माओवादी केन्द्रीय समिति बैठक तेस्रो दिन पनि जारी रहने

काठमाडौं /

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ।

गत बुधवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ-आफनो धारणा राखिसकेका छन्।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन्।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.