सुचना, समाचार र मनोरन्जन

एक वर्षमा विद्युत प्राधिकरणको १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा

काठमाडौँ/

नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्ष २०७९÷८० मा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बिहीवार प्राधिकरणमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले गएको आर्थिक वर्षमा चुस्त व्यवस्थापनका कारण १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको बताउनुभयो ।

प्राधिकरणले गएको आर्थिक वर्ष देशभित्रै बिजुली बिक्रीबाट ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई बिजुली बेचेर १० अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणको कुल आम्दानी अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा १२ अर्ब रुपैयाँ बढी हो । आम्दानी बढे पनि खर्च बढ्दा गएको आर्थिक वर्षको नाफामा केही कमी आएको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले अब विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर जारी गर्ने जानकारी दिए । उनले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा शेयर जारी गर्ने फ्रक्रिया अघि बढाइएको बताए ।

Leave A Reply

Your email address will not be published.