सुचना, समाचार र मनोरन्जन

अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैनः मन्त्री बस्नेत

काठमाडौँ/

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताएका छन्।

शुक्रबार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताएका हुन्। सरकारले नागरिकको जसरी पनि उपचार गर्ने उनले बताए।

‘कोही नेपाली पैसा नभएको कारणले अब उपचार गर्न नपाएर मर्दैन। त्यसको जिम्मा स्वास्थ्य मन्त्रालयले लिन्छ,’ उनले भने।

मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय मन्त्रालयजस्तो नभइ अस्पतालजस्तो भइरहेको पनि उल्लेख गरे। उनले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे। द्वन्द्वकालका घाइतेहरुको उपचार गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो।

मन्त्री बस्नेतले सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको बताए। अस्पताल, फार्मेसी र मेडिकल कलेजहरुलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँहरुमा सुधार आइरहेको उनको भनाइ थियो। अस्पतालहरुले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रबन्धलाई पनि लागू गर्न सफल भएको उनले दाबी गरे।

Leave A Reply

Your email address will not be published.