सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पहिरोले विद्यालय पुरिएपछि पठनपाठनमा समस्या

काठमाडौँ/

लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानामा रहेको थापाठाना माध्यमिक विद्यालयको दुई वटा भवन पहिरोले पुरिएका हुन् ।

विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका हुन् । तीन कोठा पुरिए पनि आठ वटा कोठामा जोखिमपूर्ण रुपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए।

Exchange and test

पहिलो पटक गत असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो । त्यही ठाउँमा साउन २२ गतेपछि गएको पहिरोले थप क्षति गरेको छ । पहिरोले विद्यालयको आँगनसमेत पुरिँदै गएको छ । ‘आठ कोठामा विद्यार्थी राख्न सकिने अवस्था छैन,’ उनले भने । जोखिमकैबीच आधारभूत तहदेखि कक्षा आठसम्मको पठनपाठन भइरहेको छ । हाल विद्यालयमा दुई सय ४० जना विद्यार्थी अध्ययनरत छन् ।

‘जुनकुनै बेलामा पनि पहिरोले थप क्षति गर्न सक्ने अवस्था छ,’ प्रअ शर्माले भन्नुभयो ‘दुईरतीन वटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु परिरहेको छ ।’

नौडाँडा–कार्कीनेटा–फलेवास–जैमुनी सडकको नवनिर्मित सडकको डिल भत्किएर तीन वटा कक्षाकोठामा क्षति भएको शिक्षक सन्तोष रिजालले बताए । विद्यालयका आठ वटा कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई अस्थायी रूपमा एकै ठाउँमा राखेर अध्यापन गरिँदा उनीहरूको सिकाइ उपलब्धिमा असर पर्न थालेको छ । थापाठाना मावि फलेवास नगरपालिकामा नै धेरै विद्यार्थी भएको विद्यालय हो ।

Leave A Reply

Your email address will not be published.