सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखराको ठूलाखेतमा पहिरोले घर र गोठ बगायो

कास्की/

कास्कीको पोखरा महानगरपालिका- २३ ठूलाखेतमा गएराति पहिरोले घर र गोठ बगाएको छ । पहिरोले विष्णुप्रसाद पौडेलको घर र गोठ बगाएको हो । पहिरोले उहाँको घरमा रहेको भाँडाकुँडा, खाट दराजलगायत सामग्री बगाएको छ ।

यस्तै, पहिरोका कारण ठूलाखेतबाट घाँटीछिना जाने सडक अवरुद्ध भएको पोखरा महानगरपालिका वडा नम्बर २३ का वडासदस्य चेतनाथ क्षेत्रीले जानकारी दिनुभयो । यस्तै, त्यही वडाको हर्पनका कर्णबहादुर भट्टराईको गोठ पनि पहिरोले पुरेको क्षेत्रीले जानकारी दिए ।

अहिले पहिरोले पुरिएको सामान निकाल्ने र अवरुद्ध सडक सञ्चालनको प्रयास भइरहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.