सुचना, समाचार र मनोरन्जन

सिआइबीको अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाउन एमालेको माग

काठमाडौँ/

नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ।

Gandarbha

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताएका हुन्। उनले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताए।

गिरीले क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिरहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

उनले सरकारको अकर्मण्यताका कारण संसद् अवरुद्ध भएको जिकिर गरे। सुन तस्करी प्रकरणमा राजनीतिक नेतृत्वहरुको पनि नाम सार्वजनिक भएको भन्दै ती व्यक्तिहरुलाई सिआइबीले छानबिनको दायरामा ल्याउन नसकेको बताए।

Leave A Reply

Your email address will not be published.