पोखरा/
पोखरा महानगरपालिका वडा न. २५ वडा कार्यालयको आयोजनामा सोमबार ब्यबसायी संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समृद्ध वडा बनाउन सल्लाह लिन कार्यक्रम आयोजना गरिएको हो । वडामा विभिन्न किसिमका ब्यबसायी तथा उद्योग रहेको छ । वडा शहरीकरण भइरहेको अवस्थामा ब्यबसायी पनि बडी रहेको छ । कोरोना पछि ब्यबसायीमा पारेको असरले ब्यबसायी बन्द हुने अवस्था रहेको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले उल्लेख गरे । पर्यटन वृद्धि गर्न पनि ब्यबसायीको हात हुने छ । सहभागीको गुनासोलाई सम्बोधन गर्दै वडा अध्यक्ष तिमिल्सिनाले उद्योग ब्यबसायीले आफ्नो ब्यबसाय गर्दा दर्ता भए पछि कुनै समस्य आउदा वडा जवाफदेही हुने वडा अध्यक्ष तिमिल्सिनाले बताए । ब्यबसायी दर्ता गर्दा सुरुमै बिना ब्याज ऋण दिने महानगरपालिकाको योजना रहेको उल्लेख गरे ।
सहभागीको जवाफ दिदै वडा सदस्य कृष्णबहादुर कुँवरले उद्योग तथा ब्यबसायीको अभिलेख गरेको बताए । बाहिर टिप्पणी गर्नु भन्दा जनप्रतिनिधि संग सम्पर्क गर्न आग्रह गर्नुभयो । वडा सदस्य धनाकुमारी पोखरेल तिमिल्सिनाले समस्य समाधान गर्न वडा पुलको काम गरेको उल्लेख गर्दै वडा साथमा भएको बताउनुभयो । गत आर्थिक वर्षमा १३८ नयाँ दर्ता भएको र ३७५ नवीकरण भएको वडा सचिव सुबोध खनालले जानकारी दिए ।
कोरोनााले थल परेको अवस्थामा कर तिर्ने बनाउनु पर्नेमा कर बडाउदा ब्यबसायीलाई मार परेको गुनासो रहेको छ । त्यस्तै फोर ब्यवस्थापनमा तला हेरेर नभइ धरबाट कति फोहोर निस्कन्छ त्यसको आधारमा कर लिनुपर्ने माग रहेको छ ।
ब्यबसायीले दर्ता गर्नु पर्ने र के को लागि ब्यबसायी सुरु गरिएको हो सोही सम्बन्धि ब्यबसायी गर्नुपर्ने सहभागीको भनाइ छ । ब्यबसायी गर्दा दर्ता भए अनुसार ब्यबसाय गर्नुपर्ने तथा अनुगमन गर्नुपर्ने उल्लेख भएको थियो । एउटै पसलमा धेरै थरिका सामाग्री हुदा स्वास्थ्यमा साथै ब्यबसायमा पनि असर परेको सहभागीको धारण छ । कर तिरेपछि वडाले ब्यबसायीलाई सुरक्षा दिनुपर्ने उल्लेख गर्दै आर्थिक मन्दीमा कर छुट दिनुपर्ने माग छ । त्यस्तै ३ तहको सरकारमा कर तिर्दा मर्कामा परेको गुनासो आएको छ । ब्यबसायीले व्यापार बडाउन यातायातको भुमिका रहने बताउदै गाउँ पालिकाबाट आउने बस र जिपलाई मिलनचोकमा रोक्ने व्यवस्था मिलाउन माग गरिएको छ । पसल दर्ता गरेर सञ्चालन गर्ने ब्यबसायीको अगाडि साईकलमा सामाग्री बिक्री गर्नेलाई वडाले व्यवस्थापन गर्नुपर्ने ब्यबसायीको माग छ । सो अवसरमा माछापुच्छ्रे निर्माण समितिले वडालाई ज्ञापनपत्र बुझाएको छ ।
वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सुचना अधिकृत ईश्वरीप्रसाद बाँस्तोलाले गरेका थिए ।