सुचना, समाचार र मनोरन्जन

इन्जिनियरिङ पढ्ने शुल्क ७ लाख ७४ हजार

काठमाडौँ/

इन्जिनियरिङ अध्ययन संस्थाले चार वर्षे स्नातक तहको शुल्कमा भारी मात्रामा वृद्धि गरेको छ । चार वर्षे बीई तथा बी आर्कतर्फको शुल्कमा भारी मात्रामा वृद्धि गरेको हो ।

संस्थानको कार्यान्वयन समितिको साउन २५ गतेको निर्णयअनुसार शुल्क वृद्धि गरिएको संस्थानले जनाएको छ । वृद्धि गरिएको शुल्कबाट संस्थानले सोमबार राति मात्रै सार्वजनिक गरेको थियो ।

बढाइएको शुल्क अनुसार अब पूर्ण शुल्कीय तर्फ चार वर्षको ७ लाख ७५ हजार ४२० रुपैयाँ तोकिएको छ । त्यस्तै नियमित तर्फ ८२ हजार ७२० रुपैयाँ पुर्‍याइएको छ ।

यसअघि नियमित तर्फको ३५ हजार रुपैयाँ शुल्क तोकिएको थियो । भने पूर्ण शुल्कीय तर्फ ३ लाख ३० हजार रुपैयाँ थियो । अहिले आएर संस्थानले २३५ प्रतिशतले शुल्क बढाइएको हो ।

आईओईका डीन प्राडा शसिधर राम जोशीले लामो समयदेखि शुल्क नढाइएकाले अहिले बढाएको बताए । शुल्क बढाउने विषयमा सुशिल ब्रर्जाचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले आईओई अन्तर्गतका ५ वटै आङ्गिक क्याम्पसमा अध्ययन गरेको थियो । उक्त समितिले शुल्क बढाउन सिफारिस गरेको थियो ।

यसअघि २०५३ सालमा उक्त शुल्क तोकिएको थियो । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले शुल्क बढ्ने भन्ने थियो । तर, हालसम्म शुल्क बढ्न सकेको थिएन ।

संस्थानले २७ वर्षपछि पहिलो पटक शुल्क बढाएको हो । अहिलेको शुल्कमा कलेज चलाउनै नसकिने अवस्था आएपछि बढाउनुपरेको उनको भनाई छ । यसका लागि एक वर्षदेखि नै गृहकार्य गरिएको उनको भनाई छ ।

त्रिभुवन विश्वविद्यालयले संस्थानलाई बजेट दिन नसकिने बताउँदै आएको छ । जसले गर्दा हालको शुल्कमा विद्यार्थीलाई पढाउन सकिने अवस्था नरहेपछि बढाइएको बताए ।

संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेज, पूर्वाञ्चल कलेज, पश्चिमाञ्चल कलेज, थापाथली कलेज र चितवन कलेज गरेर ५ वटा आङ्गिक कलेजहरू छन् । भने सम्बन्धन लिएर १० वटा निजी कलेजहरूले इन्जिनियरिङ तर्फका स्नातक तह र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

संस्थानले शुल्क बढाएको विषयमा विद्यार्थी सङ्गठनहरूले भने आपत्ति जनाएका छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै तत्काल बढाइएको शुल्क फिर्ता लिन आग्रह गरेका छन् ।

स्ववियु थापाथली क्याम्पसले बढाएको शुल्क सार्वजनिक गरेसँगै विरोध प्रदर्शन थालेको छ । स्ववियु सभापति पुष्कर विक्रम शाहीले तत्काल बढाइएको शुल्क फिर्ता लिनुपर्ने बताए । २४ घण्टाभित्र बढाएको शुल्क फिर्ता नलिए चर्को आन्दोलन गर्ने उनको चेतावनी छ ।

त्यस्तै नेकपा समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले समेत मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्नेमा शुल्क बढाएर स्वदेशमै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने समाजवाद उन्मुख राज्यमा बहुसंख्यक जनतालाई यो अवसरबाट वञ्चित गराउने कार्य गरिएको भन्दै आपत्ति जनाए ।

त्यस्तै अनेरास्ववियुले समेत बढाएको शुल्क तत्काल फिर्ता लिनुपर्ने माग राखेको छ । अध्यक्ष समिक बडालले बढाएको शुल्क फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

Leave A Reply

Your email address will not be published.