सुचना, समाचार र मनोरन्जन

तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता पौषको दोश्रो साता चितवनमा हुने

काठमाडौँ/

तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०८० पौष ७ र ८ गते चितवनको भरतपुरमा आयोजना हुने भएको छ । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगीता हुन लागेको हो

। प्रतियोगितामा सिनियर ईभेन्ट तर्फ पुरुष÷महिला ७ वटा तौल समूह, जुनियर तर्फ ३ , क्याडेट तर्फ ४ र चिल्ड्रेन तर्फ ४ तौल मुहको प्रतिस्पर्धा हुनेछ भने पुम्सेतर्फ एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समिति संयोजक रमेश कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, दोस्रो, तेश्रो हुने टीमले क्रमशः १ लाख, ५० हजार, २५ हजार र उत्कृष्ट खेलाडी महिला पुरुषतर्फ क्रमशः १०–१० हजार तथा ट्रफी र प्रमाण पत्र प्रदान गरिने उनले बताए ।

त्यस्तै पुम्सेमा प्रथम हुने टिमलाई रु. २० हजार र द्वितीय हुनेलाइ रु १०, हजार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट निर्णायकलाई १०÷१० हजार २ जनालाई प्रदान गरिने र प्रतियोगीताको अनुमानित खर्च ३३ लाख ६० हजार रहेको आयोजक समिति संयोजक कार्कीले बताए।

सम्पुर्ण खेलहरु विश्व तेक्वान्दो महासंघको नियम अनुसार हुने उहाको भनाइ छ । पुम्से विधाको खेलाडीहरुको ६ महिना भित्रको नेपाल तेक्वान्दो संघले प्रदान गरेको प्रमाण पत्रको फोटोकपी अनिवार्य पेश गर्नुपर्ने र सहभागी डोजाङ्ग तथा खेलाडीहरु नेपाल तेक्वान्दो संघमा दर्ता भएको हुनुपर्ने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.