पोखरा /
गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् ।
पोखरामा बुधबार सम्पन्न दोश्रो वार्षिक साधारण सभाले सिग्देल सहित १२ सदस्यिय प्रादेशिक क्रिकेट संघ सर्वसम्मत निर्वाचित गरेको हो । निर्वाचित अध्यक्ष सिग्देल कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत हुन् । उनी पर्यटन व्यवसायमा संलग्न छन् ।

यसै गरी संघको उपाध्यक्षमा प्रकाश पौडेल {नवलपुर}, सचिवमा सुमनराज कार्की {तनहुँ}, कोषाध्यक्षमा दिवाकार थापा {स्याङजा} रहेका छन्।
कार्यसमिति सदस्यमा देवेन्द्र प्रजु {कास्की}, ऋषीराम गौतम {कास्की}, फणिन्द्र बहादुर खड्का {बागलुङ}, धामनाथ सापकोटा {नवलपुर}, रेशम बहादुर केसी {पर्वत}, विद्यादेवी भट्टराई {स्याङजा}, भोजराज बराल {कास्की} र सन्तोष शर्मा {बाग्लुङ} रहेका छन् ।
निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ ।