सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

सुदुरपश्चिममा मनाइने गौरा पर्व पोखरामा पनि मनाईयो

पोखरा/

सुदुरपश्चिममा मनाइने गौरा पर्व पोखरामा पनि भव्य रुपमा मनाइएको छ । सुदुरपश्चिम सम्पर्क एवं बिकास समाजद्धारा यस बर्षको गौरा पर्व विरुडा खादै गौरा देवीको पूजा गरी डेउडा खेलेर मनाइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका उपनेता एवं पूर्वमन्त्री विन्दु कुमार थापाले गौरा पर्व एतिहासिक र सास्कृतिक मात्र नभई एकताको सुत्रमा बाध्ने पर्वको रुपमा रहेको बताउनुभयो । उहाँले सास्कृतिक विविधता रहेको हाम्रो समाजमा सुदुरपश्चिमबासीको गौरा पर्व मनाउने प्रचलनले पोखरालाई थप सुन्दरता प्रदान गरेको बताए ।

त्यसैगरी पोखरा विश्वविद्यालयका डिन प्रा. राजेश कुमार ठकुराठीले गौरा पर्वको एतिहासिक महत्वको बारेमा प्रकाश पार्दै सुदुरपश्चिमका महिलाहरुको विशेष पर्व रहेको जानकारी दिए ।

sfal

त्यस्तै समाजका सल्लाहकार डा.पदम खड्काले नेपालका सास्कृतिक पर्व मध्ये गौरा पर्वको इतिहास अझ गर्विलो रहेको बताउँदै सबै नेपालीले मनाउनु पर्ने बताए ।

समाजका अध्यक्ष सागर ऐर र सचिव हरेन्द्र प्रसाद जोशीले पर्वको महत्वलाई बुझेर सरकारले सार्वजानिक विदा दिनुपर्ने माग राखे ।

कार्यक्रममा कुश, कास, सामा, तितेपाती र तिलको बोटबाट बनाइएको बोटको गौराको प्रतिमा र केराउ, गहद, मास, गहुँ लगायत पाँच किसिमका गेडागुडी भिजाएर तयार पारिएको विरुडाको प्रसाद ग्रहण गरी डेउडा खेलिएको थियो ।

सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउ भनि भाद्र महिनामा घना जंगलमा गई जनावरको डर नमानी तपस्या गर्दा फल प्राप्त भएको दिनलाई गौरा पर्वको रुपमा सुदुरपश्चिमका महिलाहरुले बिशेष रुपमा मनाउने प्रचलन रहेको छ । सो पर्वमा घर टाढा रहेको पविारका सदस्य एवं आफन्तजन घर फर्कि आउने र पर्व मनाउने चलन रहिआएको छ ।

Leave A Reply

Your email address will not be published.