सुचना, समाचार र मनोरन्जन

संघीय गणतान्त्रिक शासन व्यवस्था अन्त्य हुनुपर्छ: कमल थापा

काठमाडौँ/

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन संघीय गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

उनले १७ वर्षदेखि कायम रहेको संघीय गणतान्त्रिक शासन व्यवस्था सबैभन्दा भ्रष्ट व्यवस्था भएको भन्दै त्यसको अन्त्य हुनै पर्ने जिकिर गरेका हुन् ।

शुक्रबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफ्नो पार्टीले संघीय गणतन्त्रको अन्त्य र राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाको कार्यनीति लिएको घोषणा गर्दै त्यसको प्राप्तिका लागि आन्दोलनमा जाने चेतावनी समेत दिए ।

उनले पार्टीको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले मुलुकलाई संकटबाट जोगाउन राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक र समावेशी व्यवस्था र सुशासनसहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रुपमा प्रस्तुत गरेको बताए ।

Leave A Reply

Your email address will not be published.