सुचना, समाचार र मनोरन्जन

ओलीले सर्वदलीय बैठकमा समेत एकीकृत समाजवादीलाई निषेध गरेः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीकै कारण आफ्नो पार्टीलाई सर्वदलीय बैठकमा नबोलाइएको गुनासो गरेका छन्।

शनिबार काठमाडौंमा पार्टीनिकट विद्यार्थी संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेबारेको सर्वदलीय बैठकलाई राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकको नाम दिएर आफ्नो पार्टीलाई निषेध गरेको बताएका हुन्।

उनले ओलीकै कारण प्रधानमन्त्री त्यसो गर्न बाध्य भएको पनि बताए।

‘अब हामीले पनि केही गर्नुपर्छ भनेर सोचिरहेका छौं। धेरै भलादमी भएर पनि हुँदैन,’उनले भने घिउ निकाल्नका लागि औंलो अलि बाङ्गै गर्नुपर्दो रहेछ । त्यो बाङगो नगरेर हुँदो रहेनछ,’ उनले भने।

उनले नेकपालाई ब्युँताऔं भन्ने आफ्नो प्रस्तावलाई ओलीले लत्याएको पनि आरोप लगाए। आफूले भनेको व्यक्तिलाई राष्ट्रपति बनाउने बेलासम्म आफूसँग लगातार भेट्न खोजेको तर त्यो पूरा नभएपछि संवाद नभएको उनले बताए।

उनले त्यतिबेला ओलीले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव नराखेको पनि बताए। उनले प्रस्ताव राखेपनि आफू नमान्ने मनस्थितिमा रहेको बताए। त्यतिबेला प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपतिका लागि प्रत्येक बैठकमा आफूलाई प्रस्ताव गरेको उनले सम्झिए।

अध्यक्ष नेपालले ओलीकै तानाशाही प्रवृत्तिका कारण विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको कार्यकर्ताहरूलाई बताए।

न्युज एजेन्सी नेपालबाट /

Leave A Reply

Your email address will not be published.