सुचना, समाचार र मनोरन्जन

भारतबाट उसिना चामल निर्यातमा भारतको कडाइ, २० प्रतिशत कर

काठमाडौँ/

चामल र प्याज निर्यातमा कडाइ गरेको भारतले उसिना चामल निर्यातमा पनि कडाइ गरेको छ । दशैँ नजिकिँदै गर्दा भारतले उसिना चामलमा २० प्रतिशत निर्यात कर लगाएको छ ।

भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहनस्वरुप भारतले उसिना चामलमा २० प्रतिशत कर लगाएको हो । भारतको वित्त मन्त्रालयले गएको शुक्रवार सूचना निकालेर आउँदो असोज अन्तिम हप्तासम्म यस्तो कर लगाइएको जनाएको छ ।

शुक्रवारअघि नै निर्यातका लागि अनुमति लिएका वा प्रक्रिया पूरा गरेका निर्यातकर्तालाई भने सूचनाले बाधा नपुग्ने जनाइएको छ । यो निर्णयले नेपालसहित भारतबाट उसिना चामल आयात गर्ने देशमा भाउ बढ्न सक्ने सम्भावना छ ।

Leave A Reply

Your email address will not be published.