Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे सोनु सूद: ‘नेपाल एक्लो छैन, पुनर्निर्माणमा सघाउँछु’
- बाढी प्रभावितको लागि पद्म नर्सिङ्ग होमको आर्थिक सहयोग
- ‘अहिले उत्सव होइन साथ चाहिएको छ’ भन्दै रचना रिमाल फर्किँदै स्वदेश
- रुसको अन्तर्राष्ट्रिय सिर्जनशील उद्योग संवादमा बटरफ्लाइ फिल्म्समार्फत नेपालको प्रतिनिधित्व
- बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगे ‘बल्छी धुर्बे’सहित जुठे र हल्का रमाइलोका कलाकार
- ‘अब पालो युवाको’ : व्यवसायको मैदानबाट नेतृत्वको यात्रामा सौगात
- बाढी–पहिरो प्रभावित क्षेत्रमा सहयोग लिएर पुगिन अक्षराकी न्यान्सी खड्का
- गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त
- भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
- पोउवासंघ सदस्यमा दिलीपकुमार श्रेष्ठ: अनुभव र व्यावसायिक निष्ठाको उम्मेदवारी
फिल्म ‘दुई कदम’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा
काठमाडौं :
उदय सुब्बको निर्देशनमा निर्माण भएको फिल्म ‘दुई कदम’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फिल्मका दुई पोस्टरमा प्रदर्शन मिति मंसिर २९ उल्लेख गरिएको छ ।
फिल्मको सार्वजनिक एक पोस्टरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीलाई छाता ओढेर रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । दोस्रो पोस्टरमा अभिनेता गौरव पहारी रिसाएर हातमा बन्दुक लिएर पड्काउँदा डेव्यु अभिनेत्री गिरी निकै डराएको हाउभाउमा देखिएकी छन् । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ ।
फिल्ममा गौरव, इओन र सिमोनका अलवा सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् ।
मुस्ताङमा एक गीतको सुटिङ गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।