सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पोखरा जेसीज ५० ओैं बर्षमा: स्वर्ण जयन्तिमा विविध सामाजिक कार्यक्रम गर्ने

आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी स्वर्ण जयन्तिमा विविध सामाजिक कार्यक्रम मार्फत बिकासमुखी क्रियाकलाप गर्ने बताएको हो।

पोखरा /

पोखरा जेसीजले आफ्नो ५० ओैं बर्ष प्रवेश गरेको अवसरलाई मध्यनजर गरि भव्यरुपमा स्वर्ण जयन्ति मनाउने जनाएको छ।

आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी स्वर्ण जयन्तिमा विविध सामाजिक कार्यक्रम मार्फत बिकासमुखी क्रियाकलाप गर्ने बताएको हो।

५० बर्ष प्रवेश गर्दै-गर्दा पोखरा जेसिजले विभिन्न क्रियाकलाप सम्पन्न गरेको स्मरण गराउदै पोखरा जेसिज २०२४ का अध्यक्ष देवराज शर्माले समाज परिवर्तन र युवालाई जागरुक बनाउने उद्घोषका साथ कार्यक्रम गर्न लागेको बताए । दिगो विकासका लागि युवा नेतृत्व भन्ने नाराका साथ २०३१ साल फागुन ३ गते स्थापना भएको जेसिजले समाज र युवाको भुमिका परिवर्तनलाई केन्द्रमा राखेर कार्य गरेको अध्यक्ष शर्माले जनाए।

IVF Big

यहीँ चैत्र २९ गते ओैपचारिक कार्यक्रम पश्चात् गरिने विविध सामाजिक कार्यक्रमको लागि आफुहरुले विभिन्न समुह-समिति बनाएको र त्यसै अनुरुप ५० ओैं बर्षको स्वर्ण जयन्तिलाई सानदार-सामाजिक रुपमा मनाउने जेसीआई सिनेटर एवम् स्वर्ण जयन्ति समारोहका संयोजक सुवास सिग्देलले बताए।

महान उदेश्य लिएर विश्वका १२० राष्ट्र भन्दा बढी राष्ट्रमा क्रियाशील जेसिज सदस्यताले नितान्त समाजकै लागि काम गरेको संस्थाले जनाएको छ।

हालसम्म पोखरा जेसिजले रक्तदान जिवनदान शुरुवात, सराङकोटमा सुर्यदर्शन टावर एवम् वृक्षारोपण, गाउँहरुमा स्वास्थ शिविरहरु, मिस पोखराको सुरुवात, युवाहरुलाई विभिन्न नेतृत्व व्यकित्व विकास तालिम र व्यवसाय प्रवद्दनका कार्यक्रम लगायत विविध सामाजिक कार्यहरु गरेको पोखरा जेसिज २०२४ का सचिव तिलक लामिछानेले बताए ।

९३ बर्ष पहिले संयुक्त राज्य अमेरिकाको मिसोैरीबाट सुरुवात भएको जेसिजलाई ‘लर्निङ्ग बाई डुविङ्ग’को प्रकृयावाट संचालित अनोैपचारिक विश्व बिधालय पनि भन्ने गरिन्छ।

Leave A Reply

Your email address will not be published.