सुचना, समाचार र मनोरन्जन

तनहुँमा जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँ/

मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले चार सय के।भि विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटबल सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ ।

एमसीए–नेपालले तनहुँको आँबुखैरेनी, बन्दीपुर, ऋशिङ्ग र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिका क्षेत्रमा पर्ने जग्गा र संरचना अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आग्रह गरेको हो ।

यो क्षेत्रमा अधिग्रहण गरिने जग्गाहरु आजदेखि नै रोक्का रहने र कुनै पनि संरचना थप्ने काम नगर्नरनगराउन सार्वजनिक सूचनामार्फत् सूचित गरिएको छ । एमसीए–नेपालले आज सूचना निकालेर २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा बालीनालीलगायतका अन्य संरचना भए त्यसको समेत मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न भनेको छ ।

आ–आफ्नो हकदैया वा भोगचलनसम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वकको निवेदन कार्यालयमा पेस गर्न भनिएको छ । साथै जग्गा प्राप्त गर्नु नपर्ने कुनै मनासिव कारण भए खोलेर सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमार्फत् गृहमन्त्रालयमा उजुरी गर्न सकिनेछ ।

यसअघि रातामाटे सबस्टेसनदेखि नयाँ दमौली सब स्टेसन खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा पर्ने जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न अनुरोध गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.