सुचना, समाचार र मनोरन्जन

राजनीति फूलको ओछ्यानमा सुतेको जस्तो हुँदैन: मन्त्री किराती

पोखरा /

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजनीति भनेको फूलको ओछ्यानमा सुतेको र फुलको बाटोमा हिडेको जस्तो सजिलो नभएको तर्क गरेका छन् ।

नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले सरकारले गरेको राम्रो कामको उदाहरण दिँदै उनले आफुहरु काडाँको बाटोमा हिडिरेको तर्क गरे । ‘राजनीति भनेको फूलको ओछ्यानमा सुत्नु हैन तरवारको धारमा आगो ज्वालामा पस्ने शाहस गर्ने मान्छेले मात्र राजनीतिमा लाग्छ । फूलको बाटो हामी हिडिरहेका छैनौं । काँडाको बाटो हिडिरहेका छौं । ’

उनले पर्यटनको क्षेत्र सबैको लागि प्राथमीकताको विषय भएको बताएका छन् । पर्यटन ऐनहरु सुधार्न आवश्यक भएको र त्यो बाटोमा आफुहर लागेको उनको भनाई छ । ‘हामीले व्यवस्था बदल्यौं । व्यवस्था बदल्न जस्तै कठिन रहेछ अवस्था बदल्नु । अहिले हामी कम्मर कसेर लागेका छौं ।’

उनले देश र जनताको सेवा गर्न र समृद्ध नेपाल निमार्णको लागि भ्रष्टचारको जरालाई फाल्न आवश्यक भएको बताए ।

Leave A Reply

Your email address will not be published.