सुचना, समाचार र मनोरन्जन

न्यु कमर एण्ड स्टूडेंट सर्पोट‌ कार्यक्रमको एनआरएनए क्यानडाद्धारा पत्रकार सम्मेलन

न्यु कमर एण्ड स्टूडेंट सर्पोट‌ कार्यक्रमको एनआरएनए क्यानडाले पत्रकार सम्मेलन समपन्न गरेको छ।

क्यानडामा हाल नेपाली विधार्थीहरुको बाक्लो आगमनले गर्दा यस कुरालाइ मध्यनजर गर्दै हाम्रो टीमको सरसल्लाह अनुसार एनआरएन क्यानडाको नया कार्यसमितिको पहिलो बैठकमै हामिले एन आर एन ए क्यानडाका उपाध्यक्ष सूरज अधिकारीको संयोजकत्वमा हामिले एउटा कमिटी तयार पारेका छौ ।

आगंतुक भाई बहिनीहरुलाइ नेपाली मातृभुमि प्रति निभाउनपर्ने दायीत्वको रूपमा लिदै हाम्रो कमीटी र एनआरएनए क्यानडा तयार रहेको एनआरएन क्यानडाका अध्यक्ष माधव दुलालले जानकारी दिए ।

Chaka Panja

नव आगंतुक भाई बहिनीहरुलाइ क्यानडामा बिभिन्न समस्यामा परेको अवस्थामा सहयोगको लागी पहल गर्ने भन्ने कुरामा हाम्रो एनआरएनए क्यानडा परिवारले कार्यसमितिले पहिलो दिनदेखिनै यस कुरालाइ मध्यनजर गर्दै प्रतिबदता जनाएको थियो । हामिले हरेक शहरमा हाम्रो कार्य समितिबाट एकजना संयोजक नियुक्त गरेका छौ जसले गर्दा हामिलाइ हरेक सहरमा सहकार्य गर्न सजिलो हुनेछ एनआरएनए क्यानडाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक् सूरज अधिकारीले जानकारी दिए।

कार्य्रक्रममा बोल्दै ग्लोबल क्यानाडा टिभी का अध्यक्ष डा। पूर्ण कंडेलले ूनया विद्यार्थीले सामना गरेका चुनौती र जागीरमा रिफर गर्ने बारेमा बिबरण दिनु भएको थियो।

भर्चुअल रुपमा भएको कार्यक्रममा एनआरएनए क्यानडाका कार्यसमिति ,बिभिन्न क्यानडामा रहेका संघ संस्था ,पत्रकारहरुको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.