काठमाडौँ/
सुनचाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १२ हजार ६ सय रुपैयाँ छ । यस्तै, चाँदी तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।