सुचना, समाचार र मनोरन्जन

लक्ष्मी आवासिय मा.वि.मा रेडक्रस सर्कल गठन

पोखरा/

पोखरा ०८ न्युरोडमा विद्यालयका प्राचार्य डा.विश्व युधिर पौडेलज्यूको अध्यक्षतामा युवा रेडक्रस सर्कल गठन भएको छ । नेपाल रेडक्रस सोसाईटी कास्कीका सदस्य तथा युवा रेडक्रस सर्कल कास्कीका संयोजक रेशमराज शर्माज्यूको प्रमुख अतिथ्यतामा नेपाल युवा रेडक्रस सर्कलको गठन आइतबार सम्पन्न भएको छ ।

विद्यालयका कक्षा ६ देखी कक्षा १० सम्मका विधार्थीको सहभागीता रहेको थियो,सहभागि विधार्थीहरुको बिचबाट कक्षा ९ बाट छात्रा स्वस्तिका चौधारीको अध्यक्षतामा १३ सदस्यि समितिको गठन भएको छ । १३ जनाको सम्कितिमा अध्यक्ष स्वस्तिका चौधारी,उपाध्यक्ष अनुस्का सुवेदी, सचिव सृष्टि आचार्य, कोषध्यक्ष सम्राट परियार, सहकोषाध्यक्ष रिजन क्षत्री सदस्यहरुमा प्रकृति ठकुरी, सुजिता धोवी, आर्सन अधिकारी, शाहिल बानिया, र अदित्य गौतम चयन भएका छन् ।
शिक्षक नायकमा किरण परियार र सहशिक्षक नायकमा रिता श्रेष्ठ चयन गरि संरक्षकको रुपमा बिद्यालय का प्राचार्य डा.विश्व युधिर पौडेल रहेका छन ।

रेडक्रस को मुल्य र मान्यता तथा सिद्धान्त र युवा रेडक्रसको कर्तव्य तथा भुमिका र कार्यहरुको बारेमा प्रकाश पार्दै नेपाल रेडक्रस सोसाईटी कास्कीका सदस्य तथा युवा रेडक्रस सर्कल कास्कीका संयोजक रेशमराज शर्माज्यूले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । विद्यालयका शिक्षक तथा अतिरिक्त कार्यक्रम संयोजक हेमराज शर्मा रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।

गठन गर्ने क्रममा बिद्यालयका प्रार्चाय डा.विश्व युधिर पौडेलले भोलिका दिन मा बालबालिका लाई स्वास्थ मा कुनै पनि समस्या नपरोस र यदि बिद्यार्थी लाइ कुनै पनि समस्या परेमा बिद्यालय प्रसासन र शिक्षक शिक्षिका जिम्मेबार समेत रहेको जानकारी गराएका थिए ।

Leave A Reply

Your email address will not be published.