सुचना, समाचार र मनोरन्जन

‘युवा संघले कास्की’ले बुझायो इजरायल घटनाका सम्बन्धमा सरकारलाई ज्ञापनपत्र

युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जिसिको नेतृत्वमा पुगेको टोलीले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझाउदै घाइते र पीडितको तत्काल उद्दार गर्न माग गरेको छ ।

पोखरा /

नेकपा एमालेको जनबर्गिय संगठन ‘राष्ट्रिय युवा संघ नेपाल कास्की’ले हालै इजरायलमा हमासको आक्रमणका कारण ज्यान गुमाएकाको शव तथा घाइते एबम बन्धक बन्न बाध्य नेपालीहरूको छिटोभन्दा छिटो उद्दारको माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जिसिको नेतृत्वमा पुगेको टोलीले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझाउदै घाइते र पीडितको तत्काल उद्दार गर्न माग
गरेको छ ।

Pach Pandav

ज्ञापन पत्र बुझाउदै अध्यक्ष जिसिले कास्कीका युवाहरू समेत उक्त घट्नामा परेको भन्दै यथाशीघ्र जीवन रक्षाका लागि अपिल समेत गरे ।

ज्ञापन पत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले उद्दारका निम्ति सक्रियताका साथ नेपाल सरकार लागि परेको बताए । उनले सबैलाई संयमताका साथ उद्धारमा सहयोग गर्न अपिल गरें ।

हेर्नुहोस् ज्ञापन पत्र :

Leave A Reply

Your email address will not be published.