सुचना, समाचार र मनोरन्जन
Sarangi

आगामी दिनमा यो भन्दा राम्रो प्रदर्शन गर्छौः कप्तान रोहितकुमार पौडेल

काठमाडौँ/

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिमका लागि एसिया कप एउटा सुरुवात रहेको भन्दै आगामी दिनमा यो भन्दा राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले एसिया कपबाट सुरु भएको यात्रा आगामी दिनमा यात्रा जारी रहने लेखेका छन् ।

‘यस प्रतियोगितामा हामीले आफ्नो तर्फबाट सक्दो उत्कृष्ट प्रदर्शन गर्ने कोशिस गर्‍यौं र यात्रा जारी छ । हामी आगामी प्रतियोगितामा यो धन्दा अझ उत्कृष्ट प्रदर्शन गर्नेछौं’, रोहितले लेखे ।

एसिया कपको समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रन र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।तर पाकिस्तानसँग राम्रो बलिङ गरेको नेपालले भारतसँग भने निडर ब्याटिङ गरेको थियो ।

नेपालका लागि ठूलो प्लेटफर्ममा प्रदर्शन गर्न पाउनु आफैंमा गर्वको कुरा भएको रोहितले लेखेका छन्, ‘राष्ट्रको नेतृत्व गर्दै एसिया कपमा सहभागी हुनु आफैंमा सम्मान र आनन्द सहितको एउटा ठूलो अनुभूति हो ।’

उनले नेपाली समर्थकलाई धन्यवाद पनि दिएका छन् । ‘यो अविश्वसनीय यात्रामा तपाईंको साथ, समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद’, नेपाली समर्थकलाई उनले लेखेका छन् ।

नेपाली टिम भोलि बुधबार दिउँसो स्वदेश फर्कने छ ।

Leave A Reply

Your email address will not be published.