सुचना, समाचार र मनोरन्जन

नोबेल पुरस्कारको राशी १ मिलियन क्रोनर थप, हरेक विधाका विजेताले १३ करोड रुपैयाँ पाउने

पोखरा /

नोबेल फाउन्डेसनले विगतका वर्षहरुको तुलनामा प्रत्येक विधामा १ मिलियन स्विडिश क्रोनर पुरस्कारको राशि बढाउने निर्णय गरेको जनाएको छ ।

फाउन्डेसनले विज्ञप्ति जारी गरेर यसको जानकारी दिएको छ । यसपछि सन् २०२३ को लागि प्रत्येक विधामा नोबेल पुरस्कारको पुरस्कार राशि बढेर ११ मिलियन स्वीडिश क्रोनर हुने घोषणा गरिएको छ । नेपाली मुद्रामा यो रकम अब १३ करोड रुपैयाँ हुनेछ ।

सन् २०२२ को अन्त्यमा नोबेल फाउन्डेसनको कुल लगानी पुँजी ५ हजार ७९९ स्विडेनी क्रोनर पुग्ने विज्ञप्तिमा उल्लेख छ, र फाउन्डेसनले यो कदम चाल्न आर्थिक रूपमा सक्षम भएकाले पुरस्कार राशि बढाउने निर्णय गरेको छ ।

१९०१ मा पहिलो पटक नोबेल पुरस्कार प्रदान गर्दा, पुरस्कार राशि प्रति वर्ग १५०,७८२ स्वीडिश क्रोनर थियो। त्यसयता पुरस्कारको रकम पटक–पटक परिवर्तन भइसकेको छ ।

२०१२ मा पुरस्कार राशि १० मिलियन स्वीडिश क्रोनरबाट ८ मिलियन स्वीडिश क्रोनरमा घटाइएको थियो। त्यसपछि २०१७ मा यसलाई ८ मिलियन स्वीडिश क्रोनरबाट ९ मिलियन स्वीडिश क्रोनरमा बढाइएको थियो। २०२० मा यसलाई बढाएर १० मिलियन स्वीडिश क्रोनर गरिएको थियो।

फाउन्डेसनले नोबेल पुरस्कार विजेताको नाम घोषणा यसै वर्षको अक्टोबर २ बाट सुरु हुने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.