काठमाडौ /
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जनाएको छ । महासंघले मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा ५०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।
यससँगै, मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।
महासंघका अनुसार मंगलबारसम्म सुनको मूल्य निरन्तर ३ दिन उकालो लागेको हो । यसअघि सोमबार तोलामा २०० रुपैयाँ र आइतबार तोलामा ५०० रुपैयाँले सुनको मूल्य बढेको थियो । यससँगै, पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।
यसबाहेक, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तोलामा ५ रुपैयाँले बढेसँगै मंगलबार उक्त मूल्यमा चाँदीको कारोबार भएको हो । सोमबार चाँदीको कारोबार मूल्य १४ सय ५ रुपैयाँ कायम छ ।