सुचना, समाचार र मनोरन्जन

बिष्णुमाझीलाई ओझेल पार्दै शान्तीश्रीको ‘अरेली काँडैले मलाई च्वास्सै’

काठमाडौं :

हरेक वर्षको तीजमा बिष्णुमाझीका गीतहरु घन्किने गरेका थिए। यस वर्ष भने शान्तीश्री परियारका गीत घन्कियो। शान्तीश्रीले गाएको गीत ‘अरेली काँडैले मलाई च्वास्सै’ ले अग्रस्थान पायो। अहिले सबैको मन मस्तिष्कमा यहि गीतले डेरा जमायो ।

गत वर्षको तीजमा ‘खोली तारी देउन माझी दाइ’ बजारमा ल्याएकी थिइन्। यो गीत पनि राम्रै चलेको थियो । तर, विष्णुमाझीको ‘चरी जेलैमा’ बोलको गीतलाई टप्न सकेको थिएन । यस पटक भने शान्तीले यो वर्ष ‘अरेली काँडैले मलाई च्वास्सै’ ले बजारमा राज गर्न सफल भइन्। ४ हप्ता अघि रिलिज भएको यो गीतले छोटो समयमै सर्वाधिक चर्चा बटुल्न सफल भयो। तीज सकिदै गर्दा पनि यो गीत सबैतिर घन्किरहेको छ।

यस गीतले युटुबमा १ करोड ४७ लाख भन्दा बढी भ्युज कमाई सकेको छ भने कमेन्ट पनि २४ सय नाघेको छ। सामाजिक सञ्जाल टिकटकमा पनि उत्तिकै हिट भएको यो गीतलाई १० लाख बढी टिकटकरहरुले भिडियो बनाईसकेका छन्।
गीतमा खेम सेन्चुरीको लय नेत्र अर्यालले शब्द,श्यामश्वेत रसाइलीको एरेन्ज अनि मास्टरिङ रहेको छ।

गीतको भिडियोमा प्रकाश सपूत र अञ्जली अधिकारी भिडियोमा फिचर्ड छन्। यो जोडीलाई यस अघिका भिडियोमार्फत दर्शकले रुचाउदै आएका छन्। सुनिल बिकले निर्देशन गरेको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी र नवराज उप्रेतीले खिचेका छन्। भिडियोमा सम्पादन मिलन विश्वकर्माको छ।

Leave A Reply

Your email address will not be published.