सुचना, समाचार र मनोरन्जन

भट्टराईको ‘मायावी’मा प्रशान्त ताम्राकार अनुबन्धित

काठमाडौं :

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो। यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेका छन्।

त्यस्तै अभिनेत्री करिश्मा श्रेष्ठ पनि अनुबन्धित भइसकेकी छन् । यसै फिल्ममार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन्।सहकार्यको हिसाबले दीपिका, प्रशान्त र दिवाकरको फिल्म ‘ऐश्वर्य’पछि ‘मायावी’ दोस्रो फिल्म हुनेछ।

यही फिल्ममार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो । फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ। फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.