सुचना, समाचार र मनोरन्जन

पोखरा म्याराथनलाई रोटरीको सहकार्य, उमेन्स क्लब अफ पोखरा पनि जोडियो

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालन हुने देशकै जेठो म्याराथनलाई रोटरीले सहकार्य गर्ने भएको हो ।

पोखरा /

१८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई रोटरी क्लबले सहकार्य गर्ने भएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालन हुने देशकै जेठो म्याराथनलाई रोटरीले सहकार्य गर्ने भएको हो । रोटरीले ‘खेलकुद र स्वास्थ्य’ अन्तर्गत सहकार्य गर्न लागेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुीले जानकारी दिए ।

Chaka Panja

“पोखरा म्याराथन संग सहकार्यका लागि सामाजिक विकासका लागि कार्यरत संस्था रोटरी जस्ता संस्थाहरुले समेत सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ” अध्यक्ष पराजुलीले बुधबार छलफल पछि कुरा गर्दै भने–“सबैको सहकार्य र सहयोगले नै पोखरा म्याराथनले आफ्नो उचाई प्राप्त गरेको छ भने पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गर्न भूमिका खेलेको छ ।”

यस संगै उमेन्स क्लब अफ पोखराले समेत पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गर्ने संस्थाकी अध्यक्ष सारिक गुरुङले प्रतिवद्धता जनाएकी छन् ।

बुधबार भएको छलफल कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, सल्लाहकार महेश गुरुङ, रोटरीका डिपुटि गर्भनर बिनोद कोइराला, रोटरीका एरिया जोन एसिस्टेन्ट गर्भनर पुरन कुंवर, रोटरियन सुभास सिग्देल, रोटरियन मिनु कुवंर श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

१८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ५ गते शनिबार आयोजना हुँदैछ ।

Leave A Reply

Your email address will not be published.