सुचना, समाचार र मनोरन्जन
Sarangi

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै

विराटनगर/

विश्वासको मत लिने अन्तिम म्याद नजिकिँदै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् ।

उनले नेकपा एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । मन्त्री बन्नेहरुको नाम सार्वजनिक गरिएको छैन । यद्यपि लिलाबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी लगायत मन्त्री बन्ने सम्भावना रहेको स्रोतले बतायो ।

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नवनियुक्त मन्त्रीहरु सबै नेकपा एमालेका हुने र उनीहरुको शपथ ग्रहण समारोह दिउँसो तीन बजे हुनेछ ।

Leave A Reply

Your email address will not be published.