सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

राहत शिक्षकका प्रतिनिधि पनि सहभागी भएर सहमति गरेको उपप्रधानमन्त्री खड्काको दावी

काठमाडौँ/

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारसँगको वार्तामा राहत शिक्षकका प्रतिनिधि पनि सहभागी भएर सहमति गरेको प्रष्टीकरण दिएका छन् ।

सरकार र आन्दोलनरत शिक्षक महासंघबीच दुई दिनअघि सहमति भएको थियो । उक्त सहमतिमा विरोध जनाउँदै राहत शिक्षकहरुले आन्दोलनलाई जारी राखेका छन् ।

sfal

महासंघको नेतृत्वमा भएको आन्दोलन सम्वद्ध शिक्षक संगठनका सबैप्रतिनिधि सहभागी भएर सहमति बनेको उपसभापति खड्काले दाबी गरे।

राहत शिक्षकका अध्यक्षहरु पनि सरकारसँगको वार्तामा सहभागी भएको उल्लेख गर्दै खड्काले पार्टी केन्द्रीय समितिको बैठकमा भने, ‘तस्वीरमा पनि देखिन्छ र उप्रप्रधानमन्त्रीले मलाई त्यही अनुसारको व्रिफिङ पनि गर्नुभएको छ ।’

सहमतिमा शिक्षकका धेरै कुरा सम्बोधन गरिएको र थप विषय विधेयक संशोधन, नियमावली र कार्याविधि मार्फत सम्बोधन गरिने जानकारी गराए ।

सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकहरुले प्रदर्शनलाई जारी राखेका छन् । उनीहरले सोमबार सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.