चीन/
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । चीन भ्रमणको क्रममा हृदयाघात भएका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको हो । तर कति दिन अस्पतालमा बस्नुपर्ने हो, डाक्टरले केही भनेका छैनन् ।’
राजधानी बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन गएका श्रेष्ठको बुधबार राति ह्दयघात भएपछि उनलाई इन्टरनेशल मेडिकल साइन्सेस अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको शल्यक्रिया सफल भएको जनाएको थियो । अचानक बिरामी परेपछि बिहीबारको भेटघाट सबै स्थगित गरिएको थियो । राजदूत श्रेष्ठले भने, नियमित कार्यक्रम अनुसार मन्त्री श्रेष्ठको शुक्रबार नेपाल फर्कने तालिका थियो । अब चिकित्सकको सल्लाहअनुसार नै उनको नेपाल फर्कने तालिका तय हुने दूतावासले जनाएको छ ।