सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

माल्दिभ्सलाई हराउँदै नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौँ/

घरेलु टोली नेपाल यू–१९ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। सोमबार दशरथ रङ्गशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो।

सेमिफाइनल प्रवेश गर्नका लागि माल्दिभ्सलाई पराजित गर्नैपर्ने दबाबमा रहेको नेपालले पहिलो हाफमा २ गोलको अग्रता बनाउँदा दोस्रो हाफमा थप २ गोल गर्‍यो। माल्दिभ्सले एक गोल फर्काए पनि टिमको हार टार्नका लागि भने पर्याप्त भएन।

sfal

खेलमा नेपालले १८ औँ मिनेटमा प्रशान्त लक्ष्यमनले लङ्ग रेन्च गोलबाट अग्रता लियो। प्रशान्तको प्रहार माल्दिभ्सका गोलरक्षक मोहम्मद यमीनले राम्रो जर्ज गर्न नसक्दा नेपालले सुरुवाती अग्रता लिएको थियो। ३० औँ मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। समिर तामाङ्गले डिफेन्डर र गोलरक्षक कट गर्दै दोस्रो बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको थियो।

यद्यपि, नेपाल र माल्दिभ्स दुबै टोली ३५ औँ मनेटमा १० खेलाडीमा समेटिए। नेपालका सुजन डंगोल र बंगलादेशका मोहम्मद इयानलाई सिधै रातो कार्ड दिएर मैदानबाट बाहिर पठाइयो। यी दुईबीच हात हालाहाल भएपछि रेफ्रीले रातो कार्ड दिएका थिए।

दोस्रो हाफमा माल्दिभ्सले खेलमा फर्कने प्रयास गर्दे ५८ औँ मिनेटमा लायन रसिदले गोलमार्फत खेललाई २–१ को अवस्थामा ल्यायो। तर, खेल सकिन दुई मिनेट बाँकी छँदा निराजन धामीले गोल गर्दै नेपाललाई ३–१ को स्थितिमा पुर्‍याए।

दोस्रो हाफको इन्जुरी समयमा समिर तामाङले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–१ को फराकिलो जित दिलाए। नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ। नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्ने छ। समूह बीको विजेता टुङ्गो लगाउन सोमबार साँझनै भारत र भुटानबीच प्रतिस्पर्धा हुँदैछ।

Leave A Reply

Your email address will not be published.