सुचना, समाचार र मनोरन्जन
IVF New Banner

रेसुङ्गा विमानस्थलबाट साताको २ दिन उडान सुरु

गुल्मी/

गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट साताको दुई दिन उडान सुरु भएको छ । नेपाल एयरलाइन्सले यसअघि सातामा एक दिन शुक्रबार मात्रै उडान गर्दै आएको थियो ।

Safal

नागरिक उड्डयन प्राधिकरणले सताको २ दिन उडान गर्ने अनुमति दिएको थियो । तालिका अनुसार मंगलबार र शुक्रबार उडान गर्ने रेसुङगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए ।

मंगलबारको उडानमा काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि १२ जना यात्रु सवार थिए । रेसुङ्ग विमानस्थलबाट भने १ जना मात्र यात्रु लिएर उडान गरेको थापाले बताए ।

IVF Post

मंगलबार उडान हुन्छ भन्ने धेरैलाई जानकारी नभएका कारण रेसुङ्गा विमानस्थलबाट फर्किदा एक जना मात्र यात्रु लिएर उडान गरेको उनको भनाइ छ । मौसममा सुधार आएसँगै नियमित रुपमा हप्ताको दुई दिन मंगलबार र शुक्रबार उडान गर्ने भएको छ ।

गत शुक्रबार भने मौसम सफा नभएका कारण उडान अवरुद्ध भएको थियो । नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक हप्ताको शुक्रबार बिहान साढे छ बजे काडमाडौंबाट र रेसुङ्गाबाट काठमाडौंका लागि ७ः३० मा उडान गर्ने गरी समय निर्धारण गरेको छ ।

काठमाडौंबाट रेसुङ्गाका लागि ७ हजार दुई सय र रेसुङ्गाबाट काठमाडौंका लागि ७ हजार ८० रुपियाँ भाडा निर्धारण गरेको छ । विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर १० को सिमिचौरमा पर्दछ ।

सदरमुकाम तम्घासबाट ५ किलोमिटर कच्चीबाटो भएर विमानस्थल पुगिन्छ ।

Leave A Reply

Your email address will not be published.