सुचना, समाचार र मनोरन्जन

एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने

काठमाडौँ/

एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने भएको छ । शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिनेछ । अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने एकीकृत समाजवादीले बताएको छ ।

आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको जानकारी दिँदै एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले भने, ‘समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने, जनताको सुझाव लिएर अझ स्प्रष्टताका साथ आउन पहलकदमी लिएका छौं ।’

Leave A Reply

Your email address will not be published.