सुचना, समाचार र मनोरन्जन
Sarangi

राष्ट्रपतिसहित भीआईपी इन्द्रजात्रा हेर्न हिँडेरै वसन्तपुर पुगे

काठमाडौँ/

राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रा हेर्न वसन्तपुर पुगेका छन । उनीआज बिहीवार न्युरोडको जुद्धशम्शेरको शालिकदेखि हिँडेर वसन्तपुर पुगेका हुन।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी मनाइने इन्द्रजात्रा राष्ट्रपतिले हेर्ने चलन छ । राष्ट्रपतिलाई काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले स्वागत गकी थिइन ।

इन्द्रजात्रा हेर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत वसन्तपुर पुगेका छन ।

काठमाण्डौ महानगरले सम्पदा क्षेत्रमा गाडी प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै राष्ट्रपतिसहित अन्य उच्च पदस्थ व्यक्ति जुद्ध शालिकदेखि हिँडेरै वसन्तपुर पुगेका थिए । यसअघि राष्ट्रपतिसहित ुभीआईपीु को गाडी वसन्तपुरसम्मै पुग्ने गरेको थियो ।

Leave A Reply

Your email address will not be published.