सुचना, समाचार र मनोरन्जन

चाडपर्वमा चिनीको अभाव नहुने विभागको दाबी

काठमाडौँ/

दशैँ, तिहार तथा छठलगायत चाडपर्वमा चिनीको अभाव नहुने सरकारले जनाएको छ । अहिले बजारमा चिनीको अस्वाभाविक रुपमा मूल्य बढेको छ ।

कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाइएको पाइएकाले त्यसको अनुगमन भइरहेको र चाडपर्वमा चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार अहिले सरकारसँग १ लाख ८८ हजार ५ सय १३ क्विन्टल चिनी मौज्दात छ ।

२० हजार टन आयातका लागि प्रतिक्रिया अगाडि बढिसकेको छ । केही दिनमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले १०÷१० हजार टन चिनी खरिद गर्ने उनले जानकारी दिए । तत्काललाई चिनीको अभाव नभए पनि केही व्यापारीले चाडपर्वको मौका छोपेर भाउ बढाइरहेका छन् ।

साल्ट ट्रेडिङले किलोको ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । तर, उपभोक्ताले खुद्रा पसलमा किलोको १ सय ५० रुपैयाँसम्म तिरिरहेका छन् । चिनीमा भइरहेको कालोबजारी रोक्ने प्रयास भइरहेको विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए ।

Leave A Reply

Your email address will not be published.