सुचना, समाचार र मनोरन्जन

बुटवलमा पृथ्वीनारायण शाहको सालिक निर्माण

बुटवल/

बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १० राजमार्ग चौराहदेखि दक्षिणतर्फ बुटवल बेलहिया व्यापारिक मार्ग किनारको हरियाली क्षेत्रमा राष्ट्र निर्माता शाहको पूर्ण कदको सालिक निर्माण गरिएको हो।

Chaka Panja

स्थानीय रूपसिंह थापा, निलम अधिकारी लगायतको अगुवाइमा सालिक निर्माण गरिएको हो। केशरबहादुर विष्ट नेतृत्वको राप्रपाका नेता रहेका थापाको अगुवाइमा गत पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा वडा नम्बर १० का अध्यक्ष बलु पुनले सालिकको शिलान्यास गरेका थिए।

करिब ५० लाख रुपैयाँको लागत अनुमान गरिएको सालिक निर्माणका लागि बुटवल उपमहानगरपालिकाले ५ लाख र वडा नम्बर १० ले ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको थापाले जानकारी दिए। बाँकी रकम स्थानीय पृथ्वीनारायण मार्गका बासिन्दा र सहयोग दाताहरूबाट संकलन गरिने बताए।

Leave A Reply

Your email address will not be published.