सुचना, समाचार र मनोरन्जन

नेपाली पब्जी टोली एसियाली खेलकुदको सेमिफाइनलमा

काठमाडौँ/

नेपाली पब्जी टोली १९ औँ एसियाली खेलकुदको सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा चलिरहेको प्रतियोगिताअन्तर्गत ई–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ ।

आज शुक्रवार भएको एलिमिनेसन राउन्डको समूह सी मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । यो समूहबाट हङकङ पनि सेमिफाइनलमा पुगेको छ । हङकङ शीर्ष स्थानमा रह्यो । समूह सी मा नेपाल, हङकङ, प्यालेस्टाइन र साउदी अरेबिया थिए ।

यस्तै समूह ए बाट दक्षिण कोरिया र थाइल्यान्ड, समूह बी बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह डी बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनलमा चार समूहका शीर्ष दुई टोलीबीच दुई समूहमा प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलको दुवै समूहमा चार–चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । यीमध्ये समूहका दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पनि चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमध्ये शीर्ष तीनमा रहने टोलीको पदक पक्का हुनेछ ।

Leave A Reply

Your email address will not be published.