पोखरा /
थाईल्याण्डमा आयोजित ‘The Young Achievers Summit & Award 2024’ कार्यक्रमबाट ‘ग्लोबल लिडरसिप अवार्ड २०२४’ अवार्डबाट सामाजिक अभियान्ता एवं युवा उद्यमी राजन पन्थी सम्मानीत भएका छन् ।
करिब १० बर्ष भन्दा बढी युवाको क्षेत्रमा सक्रिय पन्थीलाई युवा तथा सामाजिक रुपान्तरणको क्षेत्रमा योगदान पुर्याय बापत यो अवार्डबाट सम्मानित गरिएको हो ।
पन्थी पोखराबाट नेपालका युवाहरुलाई सकारात्मक सन्देश प्रवाह गर्दै देशमा नै केही गर्न सक्ने बनाउन पर्छ भन्दै अंग्रपक्तिमा सक्रिय भई लागि परेका छन् ।
बिभिन्न देशका अन्य युवाहरुलाई समेत अवार्ड दिएको थियो। पन्थीलाई थाईल्याण्डका सांसद सुपाकोन ताब्तीफाईबुन्तानाले उक्त अवार्ड प्रदान गरेका थिए । पन्थी यु क्यान ग्रुपको अध्यक्ष, Kere kid nepal का vice president हुन् । पन्थी बिगत लामो समय देखि विभिन्न व्यवसायमा सक्रिय छन् पन्थी हाल लाइन्स क्लब अफ पोखरा पिस भ्यालीका एलेक्ट अध्यक्ष पनि हुन् ।
बिशेषगरी यो अर्वाड युवाको क्षेत्रमा काम गर्दै नेतृत्वदायी भूमिकाको रुपमा अनवरत रुपमा सामाजिक रुपान्तरणका लागि योगदान गरेबापत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा उल्लेखनीय कार्य गर्ने व्यक्तिलाई मात्र प्रदान गर्दै आएको छ ।
पन्थी पोखराबाट नेपालका युवाहरुलाई सकारात्मक सन्देश प्रवाह गर्दै देशमा नै केही गर्न सक्ने बनाउन पर्छ भन्दै अंग्रपक्तिमा सक्रिय भई लागि परेका छन् ।
